शैक्षिक परामर्श ब्यवसायीलाई कर अभिमुखिकरण दिइने

कात्तिक २१, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का सदस्यलाई करको बारेमा सचेतना दिने उद्देश्यले इक्यानले कर अभिमुखिकरण कार्यक्रम राखेको छ । 

यहि कार्तिक २४ गते आइतबार आयोजना गरिएको कर अभिमुखिकरण कार्यक्रममा शैक्षिक परामर्श ब्यवसायीले करमा देखिएका समस्या र करको बारेमा विज्ञहरुले परामर्श दिने इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।  आन्तरिक राजस्व कार्यालय पुतलीसडकको सहयोगमा हुने कार्यक्रममा ब्यवसायीलाई कसरी कर तिर्ने, समयमै कर तिरेपछिका फाइदाका बारेमा जानकारी समेत दिइनेछ ।   

बागबजार स्थित हार्दिक होटलमा हुने कार्यक्रममा सहभागिताका लागि इक्यानले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *