भरतपुर अस्पतालमा एक पुरूषले झुण्डिएर आत्महत्या गरे

चितवन, २२ कार्तिक । चितवनको भरतपुर अस्पतालमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । श्रीमतीलाई उपचारको लागि अस्पताल ल्याएका लम्जुङ दुधपोखरी गाँउपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष २२ को विष्णु सुनारले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

तिन महिना अगाडी सुत्केरी भएकी उनको श्रीमतीलाई मुटुमा केहि समस्या देखिपछि उपचारको लागि सुनारले आइतबार भरतपुर अस्पतालमा ल्याएका थिए । उनले आज बेलुका करिब ८ बजेतिर अस्तपालको भर्याङमा पासो लगाएका हुन् । 

उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको र भोली डिस्चार्ज गर्ने तयारी रहेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *