उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा शक्तिशाली बम बिस्फोट

कार्तिक २०, कास्की । उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा शक्तिशाली बम बिस्फोट भएको छ ।   

कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै बिहान ११ बजेको समयमा जिल्ला निर्वाचन कार्यालयबाट २०० मिटर पर  निर्माणाधीन टुरिस्ट बसपार्कमा बिस्फोट भएको प्रहरीले जनाएको छ ।   

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले भने विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्नेबारे खुलिनसकेको बताएका छन् ।  उनले भने  “हाम्रो टोली पुगेर हेर्दा पटकाको बारुदजस्तो देखियो ।’ खाल्डोमा पड्किएकाले ठूलो आवाज आएको हुनसक्छ” 

Image result for कास्कीको जिल्ला निर्वाचन कार्यालय

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ताको काम भइरहेका बेला जिल्ला निर्वाचन कार्यालय नजिकै बम बिस्फोट भएकोले यस बिस्फोट कार्यमा  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।   

बिहीबार उपनिर्वाचनको लागि  दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका रहेको छ  । हालसम्म उक्त बिस्फोटको जिम्मा कसैले पनी नलिएको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *