काठमाडौँमा ‘गो ब्याक इण्डिया’को नारा लगाउँदै विद्यार्थी सडकमा (फोटो फिचर सहित)

कार्तिक २०, काठमाडौँ । बुधबार काठमाडौका बिभिन्न स्थानमा भारतीय नक्सामा नेपाली भूमि समेटिएकाेमा बिरोधमा प्रदर्शन भएको छ । 

भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गरि रहेको अवस्थामा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका हुन् । 

आज सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले  काठमाडौंमा अलग-अलग प्रदर्शन थिए ।  रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्‍याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो। 

Image may contain: 13 people, crowd and outdoor

प्रदर्शनमा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले  ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए । भारतले पटकपटक नेपालमाथि दादागिरी देखाउँदै आए पनि पछिल्लो पटक नेपाली भूमि नै आफ्नो नक्सामा राखेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियुका नेता विजय गौतमले बताएका छन् । 

 विरोधमा उत्रिका प्रदर्शनकारीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरेका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *