छापा हाइलाइटः कालापानी नेपालकै हो, २३ जिल्लाका ७१ ठाउँमा सीमा विवाद, सर्वसाधारण आक्रोशित, आलमलाई थियो प्रहरीकै साथ

कात्तिक २१, काठमाडौँ । राजधानीबाट प्रकाशन भएका सबै जसो पत्रपत्रिकाहरुले आफ्नो फ्रन्ट पेजमा भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई मुख्य समाचारको रुपमा प्रकाशन गरेको छ ।   

भूमि अतिक्रमण सम्बन्धी समाचार आजको नयाँ पत्रिका दैनिकमा ‘नेपाल बोल्यो–कालापानी हाम्रो हो’ शीर्षकमा समाचार छापेको छ । नयाँ पत्रिकाका अनुसार  एकपक्षीय ढंगबाट गरिने निर्णय नेपाल सरकारलाई कुनै पनि हालतमा मान्य नहुने कुरा स्पष्ट छ, अन्तर्राष्ट्रिय सीमा रक्षा गर्न नेपाल प्रतिबद्ध छ ।   

आजको नागरिक दैनिकले भारतले सीमा मिचेपछि सर्वसाधारण आक्रोसित बनेको विषयलाई मुख्य समाचारको रुपमा छापेको छ । त्यसैगरी निर्मला हत्या प्रकरणका विषयमा डिएनएलाई प्रमाण मान्न नमिल्ने, हत्या अभियोगमा अनुसन्धान गर्न बाटो खुल्ला शीर्षकमा समाचार छापेको छ ।   

त्यसैगरी आजको कान्तिपुर दैनिकले नेपाल भारतको सीमा विवादसँगै आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि प्रमुख दलले उम्मेदवारी टुंग्याएको विषयलाई पनि फ्रन्ट पेजमा मुख्य समाचारको रुपमा छापेको छ ।   

आजको अन्नपूर्ण पोस्टले नेपाल भारत सीमा विवादका विषयमा २३ जिल्लाका ७१ ठाउँमा सीमा विवाद रहेको विषयलाई उठाएको छ । अन्नपूर्ण पोस्टले आफताव आलमलाई बम विस्फोटपछि घाइतेहरुको हत्यामा प्रहरीको साथ रहेको विषयलाई पनि फ्रन्ट पेजमा समाचार बनाएको छ । 

पत्रपत्रिकाको फ्रन्ट पेज जस्ताको तस्तैः   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *