चितवनमा खस्यो ४७ प्रतिशत मत

मंसिर १४, चितवन । चितवनमा जारी उपनिर्वाचनमा ४७ प्रतिशत मत खसिसकेको छ । जिल्लाको दुई पालिकाको ३ वटा वडामा विहान ७ वजेदेखी मतदान जारी मतदानमा अपरान्ह १२ बजेसम्म ४७ प्रतिशत मत खसेको हो ।   

चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ मा तत्कालिन वडाध्यक्षहरुको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले वताए ।   

तीन वटा बडामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र मार्फत मतदान भईरहेको छ ।  यी तीनवटै वडामा हुने उपनिर्वाचनमा १३ हजार ३ सय ४२ जनाले मतदान गर्ने छन् ।   

अपरान्ह १२ बजेसम्म ६१९३ मत खसेको छ । जसमा ३०६७ पुरुषले मतदानमा भाग लिएका छन् । यसैगरी ३१२६ महिला मतदाताले मतदान गरिसकेको मतदान अधिकृतले जानकारी दिए ।   

तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा छन् । मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ । चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =