आफू चढेकै ट्याक्टरले किचेर एकको मृत्यु

मंसिर १०, काठमाडौ ।  गएराती ११ बजेको समयमा चितवनको भरतपुरमा आफू चढेकै  ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।   

भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेर नवलपरासी (पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर को मृत्यु भएको हो । 

धान लोड गरेर ल्याएको ना ७ त ४७० नम्बरको  उक्त ट्याक्टरबाट खसेर पछाडिको चक्काले किच्दा खागिराम को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

Image result for ट्याक्टरले किचेर एकको मृत्यु

हाल उनलाई किच्ने उक्त ट्याक्टर र चालकलाई पक्राउ गरि कारवाहीको लागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =