नेपाल फोटो पत्रकार महासंघ मोरङको अध्यक्षमा देवनारायण शाह

मंसिर ९, काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघ मोरङको जिल्ला अधिवेशन नयाँ कार्यसमति चयन गर्दै सम्पन्न भएको छ । नेपाल फोटो पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष संजिव खनाल,  प्रदेश १ का अध्यक्ष वेदराज पौडेल साथै केन्द्रीय महासचिव हरी रेग्मी, प्रदेश सचिव कमल रिमाल लगायतको उपस्थितिमा भएको   

विराटनगरमा आईतबार  सम्पन्न पहिलो जिल्ला अधिवेशनले फोटो पत्रकार महासंघ शाखा मोरङको अध्यक्षमा देवनारयाण शाह  सर्वसमत चयन भएका छन् । चौधरीको नेतृत्वमा १५ सदस्य मोरङ जिल्ला कार्यसमिति चयन भएको छ । समितिका उपाध्यक्षमा मनोजकुमार दाहाल, सचिवमा कौशल निरौला, सहसचिवमा प्रेम देवान साथै कोषध्यक्षमा बिनु तिम्सिना चयन भएका छन् । 

सदस्यहरुमा नविन कर्ण, प्रतिक श्रेष्ठ, जीतेन्द्र ठाकुर, रबिन्द्र बराल, हरी अधिकारी, सुजता निङ्लेकु, पुष्पराज थपलिया, ध्रुव भटटराई, राकेश कर्ण, अर्जुन कुलुङ राई लगायत १५ सदस्य रहेका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =