‘चिनियाँ राष्ट्रपति पहिले भारत गएर नेपाल आउनुको अर्थ छ, म चाँडै चीन जाँदैछु’

मंसिर १३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् ।   

शुक्रबार नेपाल–चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आफू छिट्टै चीन भ्रममा जान लागेको जानकारी गराएका हुन् ।   

‘राष्ट्रपति सीले मेरै नेतृत्वमा टोली भ्रमणमा आओेस् भन्ने अपेक्षा प्रधानमन्त्री ओलीसँग राख्नुभएको रहेछ । अब हाम्रो एउटा टोली छिट्टै चीनको भ्रमणमा जाँदैछ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।   

Image result for प्रचण्ड

प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए । भ्रमणले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने उनको भनाइ छ ।   

त्यस्तै प्रचण्डले नेपाल, भारत र चीनसम्बन्धका बारेमा दुई प्लस वान होइन, त्रिदेशीय सम्बन्ध नै हुनुपर्छ भन्नेमा जोड दिए। 

‘चीनका राष्ट्रपति पहिले भारत गएर नेपाल आउनुको अर्थ छ, त्यसले त्रिदेसीय साझेदारीको महत्वलाई नै झन् बढाएको छ,’ उनले भने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *