एसियन सेन्ट्रल जोन महिला भलिबलः नेपालको लगातार दोस्रो जित


कार्तिक २५, काठमाडौं । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
आज (सोमबार) ढाकामा भएको खेलमा कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा हराएको नेपालले यसअघि अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सोझो सेटमा हराएको थियो।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले किर्गीस्तानलाई२५–१५, २५–१९ र २५–२० को सेटमा पराजित गर्यो ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
अब नेपालले मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ भने अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ ।
नेपालले मंगलबार आयोजक बंगलादेशविरुद्ध र अन्तिम खेलमा बुधबार माल्दिभ्सविरुद्ध खेल्नेछ। राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो हुन प्रतिस्पर्धा गर्नेछन्।
एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलोपटक आयोजना भइरहेको हो।
