जात्रा हेर्न गएका वडा सदस्य मन्दिर नजिकै मृत अवस्थामा

कार्तिक २२, बैतडी – जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् । 

पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

Image result for मृत अवस्थामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *