बंगलादेशका राष्ट्रपति आईपुगे नेपाल
२०७६ कार्तिक २६ गते

२६ कात्तिक, काठमाडौं । मंगलबार दिउँसो बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आईपुगेका छन् । उनी समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका हुन् ।
तीन दशकपछिको नेपाल आएका हमिदलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।
परराष्ट्रले जारी गरेको भ्रमण तालिका अनुसार हमिद आरामका लागि म्यारिएट होटलमा जानेछन् । त्यसपछी उनी आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् । साँझमा भने उनी राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

भोली उनको राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तीन दिने नेपाल भ्रमण पछि उनी शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने बताईएको छ ।
२०७६ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








