हङकङमा प्रदर्शनकारीले फ्याँकेको इँटाले लागेर एककाे मृत्यु

  

कार्तिक २९ ।  हङकङमा सरकार पक्षधर र प्रदर्शनकारीबीचको झडप हुँदा  टाउकोमा चोट लागेपछि एक ७० वर्षे वृद्धको मृत्यु भएको छ । 

अधिकारीका अनुसार क्लिनरको रुपमा काम गर्ने ती वृद्ध लञ्च ब्रेकमा खाना खानका लागि बाहिर निस्किएका बेला प्रदर्शनकारीले हानेको कडा वस्तु उनको टाउकोमा बज्रन पुगेको हो । 

चीनका राष्ट्रपति सी जिनपिंगले एक देश दुई शासन प्रणालीलाई चुनौती दिँदा यस्तै हुन भनेका छन् । 

हंगकंगमा विगत पाँच महिनादेखि राजनीतिक अस्थिरता कायम छ । हप्तादिन अघि मात्रै पुलिसले कारवाही गर्ने क्रममा २२ वर्षे विद्यार्थी एलेक्स चोको एक भवनबाट खसेका कारण मृत्यु भएको छ  । 

खासमा वृद्धमाथि के भएको हो ? 

हंगकंगको सियुङ्ग सुई शहरमा प्रदर्शन भइरहेका बेला ७० वर्षे ती क्लिनरको टाउकोमा केही कडा वस्तु लाग्न पुग्यो । सोसल मिडियामा प्रकाशित एक भिडियोमा ती वृद्ध टाउकोमा चोट लागेपछि भुइँमा ढल्नुअघि दुई समूहबीच इट्टा हानाहान भइरहेको देख्न सकिन्छ । 

एक पुलिस अधिकारीले एससीएमपी न्यूज आउटलेटसँगको कुराकानीमा आफू उक्त घटनामा संलग्न नभएको तर त्यहाँको फोटो भने खिचिरहेको जानकारी दिए । ती वृद्धको बिहिबार अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । 

हंगकंगको फुड एण्ड इन्भ्यारोमेन्टल हाइजिन डिपार्टमेन्ट (एफइएचडी) ले ती व्यक्ति आउटसोर्स कर्मचारी भएको र लञ्च ब्रेक बाहिर निस्किएका बेला उक्त घटना भएको बताइएको छ । 

एफइएचडीले प्रदर्शनकारीलाई ‘अत्यधिक भयानक’ बताएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =