रक्षाकाे अर्गानिक फल भित्रको ठेकी भित्र दही छ सामाजिक सञ्जाल देखि टिकटक सम्म चर्चामा

मंसिर ९, बागलुङ । आज भोली लोक दोहोरी क्षेत्रले निकै श्रोता र दर्शकको मन जितेको छ । पहिले पहिले गाउँघरमा मात्र सुनिने लोक गीत र दोहोरी गीत अहिले शहर बजार देखि गाउँसम्म निकै गुञ्जन थालेका छन ।  

पछिल्लो समय लोक गीत संगीतमा प्रवेश गर्ने नव प्रतिभाहरुको माहोल पनि निकै बढेको छ । अहिले ईन्टरनेट सामाजिक सञ्जाल र युट्युवले गीत संगीतको बजार क्षेत्र निकै फराकिलो बनाएको छ । अहिले लोक गीत संगीत प्रेमी श्रोता दर्शकको मुखमा गुञ्जिरहेको गीत हो अर्गानिक फल गीती एल्वमको ठेकी भित्र दही छ ।  

अहिले युट्युव देखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा धेरैको रोजाईमा यो गीतले कब्जा जमाएको छ । गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङमा जन्मेका लोकप्रिय सर्जक एवं बिरु कार्कीको गीती एल्वम अर्गानिक फल युट्युवमा सार्वजनिक भएको एक डेढ हप्तामै धेरै श्रोता दर्शकको मन जित्न सफल भएको छ ।  

लोकप्रिय गायिका लक्ष्मी मल्ल अनि बिरु कार्कीको सुमधुर आवाज रहेको उक्त गीतको शब्द आफै गायक कार्कीले तयार पार्नु भएको हो भनें गीतको लय पनि सर्जक एवं गायक कार्की कै रहेको छ । गीतमा पछिल्लो समयमा विभिन्न टेलिश्रृङखलाहरु र गीतहरुमा अभिनय गरेर चर्चा बटुल्न सफल चर्चित मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ ।   

गायक कार्कीले उक्त गीतलाई आफनै युट्युव च्यानल बिरु कार्की मार्फत केहि हप्ता पहिले प्रस्तुत गर्नु भएको थियो । गीतलाई चर्चित एरेञ्जर कृष्ण केसीले एरेञ्ज गर्नु भएको छ । राग स्टुडियो काठमाण्डौमा गीतको अडियो रेकर्ड गरिएको थियो । 

पर्यटकीय गन्तव्य मुस्ताङका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएको गीतको भिडियोमा निर्देशन चर्चित निर्देशक सुनिल क्षेत्रीले गर्नु भएको छ । माया पिरतीमा आधारित कथावस्तु गीतमा समेटिएको छ । सर्जक एवं गायक कार्कीले यस भन्दा अगाडी पनि गीतहरु आम श्रोता दर्शक माँझ पस्कि सकेका छन् ।  

 भिडियो हेर्नुस् 

https://youtu.be/cZ-JiNnzYfk 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *