‘अकुपाई टुँडिखेल’ अभियानमा रबी लामिछानेदेखि गगन थापा र बाबुराम भट्टराईसम्म

कात्तिक २३, काठमाडौँ । खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ । अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने भन्दै विश्व स्वतन्त्रता दिवसको अवसरमा शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो । 

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्रीदेखि विभिन्न बुद्धिजीवी एवं सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । मानव सांग्लो कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेत्री हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा, रबी लामिछानेसहित सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।   

शनिबार बिहान खुलामञ्चमा भेला भएर ‘अकुपाई टुँडिखेल’को उदघाटनपछि अतिक्रमण विरुद्ध सन्देश दिन भन्दै मानवसाङ्लो बनाएर घेरिएको थियो । यस अभियानअन्तर्गत तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानका अभियन्ता आलोक तुलाधरले बताए ।   

काठमाडौँको मुटुमा अवस्थित टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान मानिए पनि अहिले टुँडिखेलको सानो हिस्सा मात्र रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *