महरा अझै माननीय !

असोज १८, काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ ।   

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए ।   

महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *