१८ घण्टा पछि कुखुराको सुलीबाट निकालियो शव

असोज १९, चितवन । चितवनको खैरहनी नगरपालिका १ स्थित खनाल पोल्ट्री फर्मको कुखुराको सुलीको खाल्डोमा डुवेर मृत्यु भएका सोही फर्मका कामदारको शव आईतवार विहान निकालिएको छ । 

फर्मको सुली राख्न बनाईएको खाल्डोमा पर्दामा सोही फर्ममा काम गर्ने भरतपुर १२ का सुर्य बहादुर कार्की शनिबार अपरान्हदेखी वेपत्ता भएका थिए । कार्कीको शव १८ घण्टाको लामो प्रयासपछि आईतबार विहान १० बजेतिर निकालिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । 

२ वटा एक्साभेटर र नेपाली सेनाको सहयोगमा शव निकालिएको थियो । शनिबार ट्याक्टरमा सुली लोड गर्ने क्रममा कार्की सुलीको खाल्डोमा डुबेका थिए । ट्याक्टरमा लोड गर्नका लागि जडान गरिएको पाईपबाट सुली लोड नभएपछि पाईप हल्लाउने क्रममा चिप्लिएर उनी खाल्डोमा परेका सोही फर्ममा कार्यरत युवराज तिमल्सीनाले बताए । 

करिव १२ फिट गहिरो खाल्डोको सुली एक्साभेटरले थप दुई वटा खाल्डो खनि बाईपास गराएपछि नेपाली सेनाको प्रयोग भएको थियो । कार्की विगत ३ वर्षदेखी खनाल पोल्ट्री फर्ममा कार्यरत थिए । कार्कीको शवलाई पोष्टमार्टमका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *