मेयर दाहालको दावीः ‘भरतपुरको फोहोर व्यवस्थापन प्रभावकारी

कात्तिक २, भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फोहोर व्यवस्थापनमा नगरपालिका गंभीर रहेको बताएकी छिन् । सहरीकरण र जलवायू परिवर्तन अनुसन्धान सम्वन्धी दुई दिने कार्यशाला गोष्ठीको दोश्रो दिन शनिवार आफ्नो भनाई राख्दै मेयर दाहालले सिमित प्राविधिक, श्रोत साधनका बाबजुद महानरपालिकाले प्रभावकारी रुपमा फोहोर व्यवस्थापन गरिरहेको जिकिर गरिन् ।   

देशका अन्य पालिकाको तुलनामा भरतपुर महानगरपालिकाको फोहोर मैला व्यवस्थापन प्रभावकारी रहेको उनको तर्क छ ।  ‘फोहोर व्यवस्थापन चुनौतीको रुपमा छ’ मेयर दाहालले भनिन्–‘अहिलेको व्यवस्थापन अस्थायी छ, दिर्घकालिन ढंगले फोहोर व्यवस्थापन गर्न महानगरले निति,कार्यक्रममै समेटेको छ ।’   

तीव्र शहरीकरण र जनसंख्या वृद्धीका कारण पनि फोहोर उत्पादन वृद्धी भएको उनले बताईन् । तथापी स्वच्छ, सफा र हराभरा नगर बनाउन महानगर प्रतिवद्ध रहेको मेयर दाहालको भनाई थियो । भरतपुर महानगरले विदेशी संस्थासँग मिलेर फोहोर व्यवस्थापनका लागि योजना बनाएको छ । महानगरमा अहिले दैनिक ६० टन फोहोर उत्सर्जन हुदै आएको छ ।   

गोष्ठीमा बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले आफ्नो नगरमा अत्याधिक फोहोर निस्कने वडाहरु, आशिंक फोहोर निस्कने वडाहरु र न्युन फोहोर निस्कने वडाहरु वर्गिकरण गरेर फोहोर व्यवस्थापनको काम भईरहेको बताए । फोहोर व्यवस्थापनका लागि डम्पिङ साईड बनाउनु भन्दा वर्गिकरण गर्न सके यसको धेरै हद सम्म न्युनिकरण हुने मेयर सुवेदीले बताए ।   

चितवनको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले स्थानीयको असहयोगका कारण फोहोर व्यवस्थापन हुन नसकेको बताईन् । ‘सार्वजनिक जग्गामा फोहोर व्यवस्थापन गर्न खोज्दा समेत स्थानीयले अवरोध गर्छन्’ राप्तीकी मेयर बरालले भनिन्–‘ निर्वाचित भएर आएदेखिको प्रयासले सार्थकता पाउन सकेको छैन्’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *