भरतपुर महानगरलाई सडक मानवमुक्त बनाईदैँः १० दिनमा २५० को उद्धार

कार्तिक ७, चितवन ।  देशकै मध्य भागमा रहेको चितवनको भरतपुर महानगरपालिकालाई अभिभावक बिहीन, सहयोगपेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदैँछ ।  

असोज २७ गतेदेखी महानगरको सडकपेटी एवंम् सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षीहरुको उद्धार तथा परामर्श सेवा सुरु गरेको थियो । भरतपुर महानगरपालिकाले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि सडक मानवमुक्त महानगर घोषणाको तयारी तथा हाल सम्म भएका प्रगतिकाबारे जानकारी गराएको हो ।  

पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिका प्रमुख रेनु दहालले यही कार्तिक ९ गते ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सडक मानवमुक्त महानगर घोषणा गरिने बताईन् । घोषणा अघि क्याम्पाचौरबाट पैदल र्यालि निकालि महानगर परिसरमा आएर औपचारिक कार्यक्रममा परिणत हुनेछ ।  

भरतपुर महानगरपालिका,जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन र मानवसेवा आश्रमको सहकार्य तथा व्यवस्थापनमा सडक सुत्नेहरुलाई उद्धार गरिएको छ । पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले असोज २७ गतेदेखी संचालित अभियानमा हाल सम्म २५० जनाको उद्धार गरिएको बताए । 

जस मध्ये ८ जना आश्रममै सेवा दिनु पर्ने,२० जना कामको खोजीमा आउनेहरु रहेका छन् । केहीलाई मानव सेवा आश्रम चितवन र हेटौडामा रोजगारी समेत दिईएको अध्यक्ष अधिकारीले बताए । सडकबाट उद्धार गरिएकोहरु मध्ये धेरै जसो जाँडरक्सी सेवन गर्ने, तेश्रो लिंगीहरु रहेको उनले बताए ।  

उनीहरुलाई अवका दिनमा सडकमा नआउने गरि प्रतिवद्धता गराई पठाईएको अधिकारीको भनाई छ । मानवसेवा आश्रमले २०७१ सालदेखी भने ५०० जनाको उद्धार गरेकोमा ३०० जनालाई पारिवारीक मिलन गराएको,१०० जनाको मृत्यु भएको र बाँकी आश्रममा आश्रय लिएर बसिरहेका छन् ।  

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीका अनुसार ९० प्रतिशत जाँड रक्सी खाने र तेश्रो लिंगीहरु सडक मानवका रुपमा रहेका छन् । उद्धार गरिएकाहरुलाई तत्कालका लागि मानव सेवा आश्रममा राखिएता पनि सेल्टर निर्माण गरेर उनीहरुलाई व्यवस्थित रुपमा राखिने सुवेदीले बताए ।  

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा ५ सदस्यीय अनुगमन तथा मुल्यांकन समितिबाट घोषणाका लागि सुचक पुरा भई घोषणाको रिपोर्ट प्राप्त भएको महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *