नेपालमै पहिलो पटक मेडिसिटी अस्पतालमा गरियो थेराप्युटिक प्लाज्मा एक्सचेञ्ज

असोज २७, ललितपुर । आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्सचेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो ।   

नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । मृगौलासँगै, नसा रोग, फोक्सो रोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाइ छ । 

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलो पटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्सचेञ्ज थप केहि चरण गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।   

नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्सचेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स, प्लेटलेट एक्सचेञ्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *