‘प्याजको मूल्य कति हो साहु जी ?

असोज १५ काठमाडौँ । ‘प्याजको कति हो साहु जी ? आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो । 

यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् । 

हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ थोकमा पाइएको प्याज आइतबारसम्म प्रतिकेजी १०० रुपियाँसम्ममा थोकमा कारोबार भएको थियो भने मङ्गलबार थोक बजारमै पनि प्रतिकेजी १२० रुपियाँ पुगको छ । खुद्रा भाउ झनै मनपरी छ । 

null

कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका आजको गोरखापत्र दैनिकले समाचार लेखेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *