प्राइम कमर्सियल बैंकको नयाँ शाखा चपलीमा

कात्तिक ७, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौं बुढानीलकण्ड नगरपालिकामा चपलीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा आजबाट सञ्चालनमा आएको हो ।   

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल तथा बैंकका सञ्चालक गजेन्द्र बिष्टले शाखा कार्यालय संयुक्त रुपमा उद्घाटन गरे । 

यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ । 

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको सञ्जाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *