अपडेटः आचार्यलाई हराउँदै एनआरएनएको अध्यक्षमा पन्त बिजयी

कार्तिक १, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा  कुमार पन्त बिजयी हुन सफल भएका छन् । 

बिहिबार भएको संघको निर्वाचनमा अध्यक्ष पन्तले सोही पदका लागि उम्मेदवार भएका कुल आचार्यलाई हराउँदै  बिजयी हासिल गर्न सफल भएका हुन् ।   

यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।  एनआरएनएको महासचिवमा डा.हेमराज शर्मा, सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन्  । कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।   

Image result for कुमार पन्त

यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।  अध्यक्ष पदमा बिजयी पन्तलाई सत्तारुढ नेकपाको राम्राे साथ थियो भने अर्का उम्मेदवार आचार्यलाई कांग्रेसकाे साथ रहेको थियो ।   

४२ पदका लागि ७६ जनाको उम्मेदवारी रहेको यस निर्वाचनमा २ हजार ३ सय ४१ जनाको मत खसेको थियो ।   

अध्यक्ष पदमा बिजयी पन्तले आफू उम्मेदवार हुँदै नै लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् । 

अब आगामी २ वर्ष सम्मका लागि पन्तले अध्यक्षको पदकाे कार्यभार समाल्ने छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *