कांग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

असोज २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब पक्राउ परेका छन् ।   

सांसद मोहम्मदलाई बम विस्फोट गराएको आरोपमा काठमाडौंबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले आइतबार बिहान उनको नीजि निवास राजपुर फरहदवाबाट नियन्त्रणमा लिएको हो । उनी रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् ।   

आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई बम बनाइरहेका १३ जनाको मृत्यु भएको र प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *