पशुपति आर्यघाटमा आन्दोलनः मागपुरा नभए सम्म शवदाह बन्द गर्ने

कार्तिक ५, काठमाडौँ । बुधबार बिहान ६ बजे देखी पशुपति आर्यघाटमा शव जलाने कर्मचारीद्वारा आन्दोलन गरिएको छ ।  उनीहरुले आफ्नो माग पुरा नभएसम्म आर्यघाटमा शव जलाउने लगायतका काम बन्द गर्ने घोषणा समेत गरेका छन् । 

उनीहरुले सेवासुविधा वृद्धि गर्नुपर्ने माग राख्द आर्यघाटमा कालो ब्यानर टाँगेर यस्तो घोषणा गरेको गरेका हुन् ।   

टाँगिएको उक्त ब्यानरमा लेखिएको छ, कामदारको माग पुरा नभएको हुँदा २०७६।७।६ गते  बिहान ६ बजे देखी माग पुरा नभए सम्म अनिश्चित कालसम्म शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने कामहरु सबै बन्द रहनेछ । 

आर्यघाटमा शव जल्न नै बन्द हुने भएपछी  पशुपति क्षेत्र विकास कोषले आन्दोलनकारीसँग पक्षसँग वार्ता गरेको छ ।  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘समस्या समाधानको लागि हामी अहिले वार्तामा छौं ।’ 

उनले आन्दोलनबाट शवदाहमा केही समस्या आए पनि ठप्प भने नहुने बताउँदै उनले भने   ‘हामीसँग विद्युतीय शवदाह गृह पनि छ । त्यसबाट पनि काम हुन्छ ।’ 

पशुपति आर्यघाटमा दैनिक सयौं शव जलाउने गरिन्छ । शवघाटका कामदार नै आन्दोलनमा उत्रिएपछि समस्या हुने देखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *