ललितपुरको एक रेष्टुरेन्टबाट नगद सहित ११ जुवाडे पक्राउ

असोज १७, काठमाडौँ । बिहिबार ललितपुरको एक रेष्टुरेन्टबाट नगद सहित ११ जुवाडे पक्राउ परेको छ । 

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा काठमाडौँ ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टबाट नगद दुई लाख ६५ हजारसहित ११ जना जुवाडे पक्राउ परेको हो । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार जुवातास खेलि रहेको अवस्थामा ललितपुर महानगरपालिका १६ मंगलबजारका ३२ वर्षीय विरबु जोशीसहित ११ जनालाई नियन्त्रणमा लिईएको हो । 

Image result for जुवाडे पक्राउ

पक्राउ परेकामाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *