चाबहिलमा भत्काउन थालिएको घर एक्कासी ढलेपछी तीन घाइते

कार्तिक ६, काठमाडौँ । बुधबार दिउँसो काठमाडौँमा एक घर भत्किएर ३ जना घाइते भएका छन् ।   

कठमाडौं चाबहिलस्थित  चुच्चेपाटी जाने मूल सडकमै रहेको उक्त घर भत्किएर ती जना घाइते भएका हुन् भने उक्त भत्किएको घरमा मानिस पुरिएको हुन सक्ने आशंका समेत गरिएको छ । 

घर भत्केर घाइते भएकाहरुको उपचार अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । 

केही दिनअघिबाट क्रेन प्रयोग गरी चारतले पुरानो घर भत्काउन सुरु गरिएको थियो। तर, आज भत्काउन थालिएको उक्त घर एक्कासी ढलेपछी उक्त दुर्घटना हुन पुगेको बताईएको छ ।   

प्रहरीका अनुसार हाल भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *