दशैँमा सनराइज बैंकले ल्यायो निःशुल्क बस यात्राको सुविधा

असोज १७, काठमाडौँ । सनराइज बैंकले  आफ्नो  १२ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान् चाड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । 

दशैँको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केहि हद सम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा दशैँ को टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबारबाट संचालन गर्ने जनाएको छ । 

“सनराइज दशैं यात्रा हामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुई वटा रुटमा बस सेवा संचालन गर्नेछ जसमा बुढानिलकण्ठ देखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहने छन् । 

Image result for सनराइज बैंक

बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रूपमा मनाउन बिभिन्न १२ विधाहरूमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको  छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *