ईण्डो-पश्चिमा दलालहरुको छटपटीले जन्मिएको नयाँ अर्थ-राजनीतिक अवधारणा ‘ऋणकाे पासाे’

अमेरीकन, यूरोपीयन र ईण्डियनहरुको शोषण, अत्याचार र ब्यापारघाटाले नेपालको टाट उल्टिंदासम्म ‘ऋणको पासो’ भन्ने पदावलि पहिले कहिल्यै कसैका मुखबाट सुनिएको थिएन। जब नेपाल र चीनका बिचमा trans-himalayan multidimensional connectivity network मा सहमति भयो र यसलाई बिआरआईको अभिन्न अङ्ग बनाएर चिनियाँ रेलमार्गबाट नेपाललाई जोड्ने कुरा आयो, तब यूरो-अमेरीकि स्कूलिङले ‘ऋणको पासो’ भन्ने पदावलीको आविष्कार गर्यो। अमेरीकि साम्राज्यवादीहरुले पहिलो पटक उच्चारण गरेको यो पदावली सिआईए, रअ र यूरोपीयन यूनियनका मानस पुत्रहरुका लागि थेगो बन्न पुग्यो। 

नेपालीहरुलाई तर्साउन खटाईएका यी पिचासहरुले विश्व बैंक, एशियाली विकास बैंक, अमेरीका, यूरोपीयन र ईण्डियनहरुले नेपालमाथि बोकाएको ऋणको भार कति छ भन्ने यथार्थता कहिल्यै खोल्न चाहेनन्। एक जना नेपाली नागरिकका टाउकामा बण्डा परेको झण्डै ४० हजार रुपैयाँको भार ईण्डो-पश्चिमा मुलुक र तिनका बहुराष्ट्रिय कम्पनीहरुले थोपरेको भार हो भन्ने कुरा सँधै लुकाएर बसे। अहिले यी निम्न कोटीका साम्राज्यवादी चाकरहरुका मनमा नेपालको चिन्ता जागृत भएको छ किनकि बिआरआईले यहाँका दलालहरुका पालनपोषणकर्ता साम्राज्यवादीहरुको एकाधिकारवादी अत्याचारलाई नेपालबाट विदा गर्ने आधार बनाउँदैछ। 

संकटले कसैलाई छद्म आवरणमा लुकिरहन अनुमति दिंदैन। जसरी घोषित रुपमा कांग्रेस-बाबुरामहरु र अघोषित रुपमा अन्य दलको खोलमा लुकेका अपराधिहरुले नेपाल विश्व सञ्जालमा जोडिने प्रकृयाको विरोधमा उत्रिनु पर्ने र सहमतिका लागि निर्णय भैसकेको सुपुर्दगी सन्धिलाई रेण्डी बेरीको दबाबपूर्ण निर्देशनमा रोक्नु पर्ने अवस्था आयो, त्यसैगरी चिनियाँ राष्ट्रपतीको भ्रमणपछि नेपाली र गैर-नेपाली दलाल कित्ता तथा ईण्डो-पश्चिमा धुरी र सिनो-रसियन धुरीका बिचको ध्रुविकरण तिब्र भएर जानेवाला छ। नेपाललाई नर्कको आहालमा डुबाएर ‘ऋणको पासो’को कथा वाचन गर्ने देश विरोधि कुतत्वहरुसंग लड्न अब नेपालीहरु एक जुट हुनु पर्दछ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *