ललितपुर मोटरसाइकल चोरी काण्डमा नावालकको हातः तीन जना पक्राउ

असोज ३०, काठमाडौँ ।ललितपुरका विभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर चोरी गरेको आरोपमा  प्रहरीले दुई नावालक सहित ३ जनालाई पक्राउ गरेको छ ।  

उनीहरुलाई चोरी गरिएको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सर्लाही घर भई हाल इमाडोल बस्ने वर्ष १६, मकवनापुर घर भई हाल ललितपुर बोधीग्राम बस्ने वर्ष १३ का नावालक र मकवानपुर कुलेखानी घर भई हाल लगनखेल वस्ने वर्ष १९ को अम्बर तामाङलाई चाेरीकाे आरोपमा नियन्त्रण लिईएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार पक्राउ परेको दुई नावालकलाई हात्तीबनबाट हराएको बा ५६ ३०८३ नम्बरको स्कुटर, भेल्पामा खडानन्दन चौलागाईको घर अगाडि पार्किङ गरेर राखेको बा ४३ प ३२५६ को स्कूटर र बा ८६ ४ ७३२५ नम्बरको स्कुटर सहित पक्राउ गरिएको हो ।   

१९ वर्षिय तामाङलाई भने चोरी गरिएको प्रदेश ३ ०३–००२–००४ प २६०२ नम्बरको २०० सिसीको पल्सर मोटरसाइकल  कुदाई रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरुलाई मोटरसाइकल तथा स्कुटर चोरी भएको उजुरी को आधारमा  खोजीगर्ने क्रममा महानगरिय प्रहरी बृत्त सातदोबाटोले नियन्त्रणमा लिएको हो । 

हाल उनीहरुमाथी म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *