लागुऔषध र नगद सहित एक पक्राउ

कात्तिक ११, काठमाडाैं । महानगरीय प्रहरी बृत्त कालीमाटीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विषेश सुचनाको आधारमा लागुैषध सहित एक जनालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमूख डिएसपी रुगम कुँवरले साविक दक्षिणकाली गाविस २ हाल वुढानिलकण्ठ नगरपालिका ५ पासिकोट बस्ने वर्ष ४० को सुरेश रंजीतलाई लागुऔषध र नगद १ लाख मोवाईल १० थान सहित पक्राउ गरिएको बताए । 

रंजीतको साथबाट नाट्रोभेट ४४६ ट्यावलेट, नुफिन ८७ एम्पुल, डाइजापाम ६७ एम्पुल, फेरागन १३१ एम्पुल, स्टागन ६ एम्पुल बरामद भएको छ । वृत्तले पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *