अलफ्टमा नेपाल आइडल सिजन २ का बिजेताहरुको प्रस्तुती

कार्तिक ५, काठमाडौं। शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले यहि शुक्रबार डब्लु एक्सवाईजेड बारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त “लाइभ ऐट अलफ्ट” को एक विशेष संस्करणद्वारा राजधानीको रात्रीजीवनमा चमक थप्ने भएको छ । 

यो महिना लाइभ ऐट अलफ्टले नेपाल आइडल सिजन २ का फाइनलिस्टहरुको रोमान्चक  पर्फमेन्स होस्ट गर्ने भएको छ । नेपाल आइडल सिजन २ का विजेता रवि ओडका साथमा रनर अप विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले भिडहरुको मन लोभ्याउनेछन् । 

अलफ्ट काठमाडौं ठमेलका जनरल म्यानेजर विक्रम सिंहले लाइभ ऐट अलफ्ट अन्तर्राष्ट्रिय मान्यता प्राप्त कन्सर्टको सिरिज भएको बताए । जुन विश्वभर रहेको हरेक अलफ्टको होटलमा स्थानीय, उदीयमान र भेट्रान कलाकारहरुले प्रस्तुती दिन्छन् र अलफ्ट काठमाडौं ठमेल पनि अरु भन्दा फरक छैन ।   

अलफ्ट मुख्य तीन स्तम्भ गीत–संगीत, प्रविधि र डिजाइनका लागि परिचित छ । र, अन्तर्राष्ट्रिय स्तरमै एक दशकदेखि विश्वभरका अलफ्ट होटलहरुमा निरन्तर हरेक साँझ डब्लू एक्सवाईजेड बारमा लाइभ म्यूजीक होस्ट गरेर उदीयमान सांगीतिक प्रतिभाहरु तथा स्थानीय प्रतिभाहरुलाई प्रर्वधन गर्दै आइरहेको छ । 

हाल विश्वका २६ देशमा १ सय ४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् । अलफ्ट नयाँ पुस्ताको होटल हो जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई बढिभन्दा बढी मनोरञ्जन प्रदान गर्दै आएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *