विराटनगरमा कपडा बैंकले गर्यो विपन्न परिवारलाई कपडा वितरण

असोज १५, विराटनगर । विराटनगरमा कपडा बैंक संचालनमा ल्याएसँगै विपन्न परिवारहरुको अनुहारमा खुशी छाएको छ ।   

महान चाड बडा दशैँलाई लक्षित गर्दै उक्त बैंकमा व्यापारी तथा विराटनगर बासिन्दाको सहयोगमा विपन्न परिवारलाई मंगलबार युवाहरु मिलेर कपडा वितरण गरेपछि उनीहरुको मुहारमा खुशी छाएको हो ।   

विराटनगरको ट्राफिक चोकमा रहेको उक्त कपडा बैंक करिब तीन महिनादेखि सञ्चालनमा आएको हो ।   

पुराना कपडा संकलन गरी विपन्न परिवार तथा सडकमा जीवन बिताएका मानिसहरुको शरीर नाङ्गो नहोस् भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको अभियन्ता पेरिस सुवेदीले बताए । उनका अनुसार लगभग तीन सय परिवारलाई दशैैंका लागि लुगा वितरण गरिसकिएको छ ।   

‘चाडपर्व पैसा हुनेहरुका लागि मात्र होइन दशैँ, प्लास्टिक संकलन गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुका लागि पनि हो । त्यसैले हाम्रो अभियानलाई बुझेर विराटनगरबासी साथै व्यापारीहरुले नयाँ पुरानो लुगा दिएर सहयोग पुर्याएकै कारण आज यो अभियान सफल भएको हो’, सुवेदीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =