विप्लव समूहका नेता लोहनी पक्राउ
२०७६ कार्तिक ५ गते

कार्तिक ५, चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् ।
चितवन प्रहरीले आज (मंगलबार) बिहान भरतपुर–११ बसेनी क्षेत्रबाट उनलाईनि यन्त्रणमा लिएको हो ।
अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ले जानकारी दिए ।

नेता लोहनीलाई पार्टीले यसअघि नै निश्कासन गरिसकेकाे थियाे । पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरेकाे थियाे । उनकाे स्वास्थ्य समस्या कारण देखाउँदै पार्टीले बिदाइ गरेकाे हाे ।
२०७६ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








