काठमाडौंमा सुरु भयो एनआरएनएको महाधिवेशन

असोज २८, काठमाडौं । विदेशिएका नेपालीहरुको हकहितका लागि स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ अन्तर्राष्ट्रिय महाधिवेशन आज मंगलबारदेखि सुरु भएको छ ।   

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित काठमाडौंको होटल हायातमा सुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच उद्घाटन गरिन् ।   

सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विकास समृद्धिको लागि आवश्यक लगानी भएकाले उनीहरूले गरेको लगानी प्रोत्साहन गर्न राज्य प्रतिवद्ध रहेको बताइन् ।   

सरकारको साथ दिन गैरआवासीय सदा तत्पर हुनुपर्ने उनको भनाइ छ । उनले नेपालको विकास र सम्बृद्धिमा एनआरएनले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरिन् ।  

असोज ३० गतेसम्म चल्ने महाधिवेशनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । बुधबारको मतदानबाट विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् ।   

अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा छन् । उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ । 

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सुरु भएको महाधिवेशनले १ महासचिव, २ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित गर्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =