‘बीच्च बीच्चमा’का गायक दुर्गेश पक्राउ

र्कातिक ५, काठमाडौँ । तिहारलाई लक्षित पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेर विवादमा तानिएका गायक दुर्गेश थापा मंगलबार  पक्राउ परेका छन् ।   

तिहारको संस्कृती नै बिग्रने खालका गीतमा भएको शब्दको कारण उनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । एसएसपी  थापाका अनुसार दुर्गेशलाई  महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरिएकाे हाे ।  

सार्वजनिक गरिएको उक्त गीतमा ‘ह्याप्पी तिहार, चिसो वियर’ मा, ‘खोइ निकाल गाँजा, खानुपर्छ आज’ जस्ता शब्दहरु समावेश गरिनुको साथै गीतको म्यूजिक भिडियोमा युवायुवतीहरु वीयर पिएर मस्त भएकाे दृश्यहरू समावेश गरिएको छ ।   

Image result for दुर्गेश

यस्तो शब्दहरु समावेश भएपछी थापालाई सो गीतमा भएको नकरात्मक शब्द हटाउनु पर्ने माग राख्दै  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार उजुरी परेको थियो । तीजको समयमा ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चित बनेका दुर्गेशले भने काम गर्ने क्रममा केही गल्ती भएको बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *