नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा दिनेः प्रधानमन्त्री

कात्तिक १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतले  नेपालीलाई एकताबद्ध हुन प्रेरणा दिने बताएका छन् । 

नेपाल संवत् ११४० को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको बताएका छन् ।   

‘नेपाल संवतले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।’ प्रधानमन्त्री ओलीले बताएका छन् । नेपाल संवतका प्रवर्तक तथा समाज सुधारक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको बताएका छन् ।   

शङ्खधर शाख्वाले गरीबहरूको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् शुरु गरेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन् । ‘यसको शुरुवात जसरी विपन्नताविरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता र गरीबी विरुद्ध लड्न नेपाल संवतको नयाँ वर्षले मद्दत पुर्याओस ।’ 

प्रधामन्त्रीले हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पुर्याओस् भनेका छन् । ‘म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले भनेका छन् । 

https://twitter.com/i/status/1188998749365780480 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *