दिपावलीका अवसरमा इक्यानको शुभकामना (फाेटाेफिचर)

कार्तिक ८, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् ।
विजयादशमी, दिपावली, छठ तथा नेपाल सम्वत् ११४० को अवसरमा इक्यानद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन् ।
‘शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन हामी सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने छौँ । व्यावसायिक हक अधिकारका लागि स्टेक होल्डरसँग छलफल गरी काम गर्न इक्यान सदैव अग्रसर रहने छ’, अध्यक्ष पाण्डेले भने ।

पाण्डेले नेपालीहरुको महान चाड दशैं, तिहार र छठले सामाजिक, सांस्कृतिक रुपमा एकापसमा सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुग्ने पनि बताए ।
राजधानीको एभरेष्ट होटलमा शुक्रबार आयोजित कार्यक्रममा सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, इक्यान अध्यक्ष पाण्डे, उपाध्यक्षत्रय महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल, देवीदास भट्टराई, महासचिव शेषराज भट्टराई, सचिव दीपकराज भुसाल, लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
थप तस्विरहरूः








