निदान अस्पतालका सिईओ सहित ५ पक्राउ

असोज २९, काठमाडौँ ।  एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित ५ पक्राउ परेका छन् ।   

मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले ललितपुरको पुल्चोकमा अवस्थित निदान अस्पताल सिईओ सहित ५ जनालाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा यस अस्पतालका सिईओ बिपेन्द्र प्रधानसहित अस्पतालका कानुनी सल्लाहकार कुमुद कुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, जिल्ला प्रशासन कार्यलय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मृगौला लिने बिरामी शंकरलाल लामा रहेका छन् । 

Image result for निदान अस्पताल

व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलिया अनुसार अस्पतालले एक व्यक्तिको मृगौला झिक्ने भनी अर्कै व्यक्तिको मृगौला झिकेर बिक्री गरेको आरोप लागेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो  । 

व्यूरोका अनुसार पक्राउ परेका उनीहरुलाई लागेको आरोप सही ठहर भएमा  उनीहरु बिरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमाेजिम कारबाही हुनेछ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *