जुवाखालबाट २ कराेड ६७ लाख सहित २५ पक्राउ

कात्तिक १०, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट २ कराेड ६७ लाख नगद सहित २५ जना पक्राउ गरेकाे छ । महाराजगञ्जस्थित होटल साम्बाला पछाडिकाे एक घरबाट उनीहरूलाइ पक्राउ गरेकाे हाे । जुवाखालबाट नगद र चेकसहित २ करोड बढी रकम बरामद भएको छ । 

महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम गाैतमको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको चेक बरामद भएको छ । 

पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ पर्नेमा इन्द्रप्रसाद श्रेष्ठ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा (बले), शोभित सिलवाल लगायत छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *