खैहनीमा सुशासन सम्बन्धी गोष्ठी

कार्तिक १, चितवन ।   चितवनको खैरहनी नगरपालिकाले शुक्रवार सुशासन प्रर्वधन तथा सूचनाको हकको प्रचलन सम्बन्धी क्षमता विकास गोष्ठी गरेको छ । 

सुशासनमा जनप्रतिनिधी र कर्मचारीहरुलाई उत्तरदायी बनाउन कार्यक्रम गरिएको थियो । कार्यक्रममा सुचना आयोगका प्रमुख सुचना आयुत्त कृष्णहरि बाँस्कोटाले सुशासन प्रर्वधन, सूचनाको हकको प्रचलन, सकारात्मक सोचकाबारे सहजीकरण गरेका थिए । साथै देशका अन्य स्थानिय तहहरुले गरेका अनुकरणीय क्रियाकलापहरुको बारे जानकारी समेत गराईएको नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । 

कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले नगर समृद्ध बनाउन सुशासन महत्वपूर्ण पक्ष भएकाले जनप्रतिनिधी र कर्मचारी यसमा जिम्मेवार बन्नु पर्ने बताए । मेयर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, नगर भित्र रहेका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *