बसको ठक्करबाट पैदल यात्रु घाइते

कातिक १३ विराटनगर । कोशी मार्ग अन्तरगत विराटनगर महानगरपालिका ४ पिपल चोकमा बसको ठक्करबाट एकजना पैदल यात्रु घाइते भएका छन् । 

घाइते हुनेमा विराटनगर महानगरपालिका ४ का ५० वर्षिय दिपेन्द्र मण्डल रहेका छन् । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको को १ ख ५०६४ नं को बसले पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।   

बसको ठक्करबाट गम्भीर घाइते मण्डललाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएकाे जिल्ला प्रहरी कर्यालय मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले बताए । बसका चालकलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको श्रेष्ठको भनाइ छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =