दशैंको टिकाको दिन सेनाले राजधानीमा निःशुल्क बस चलाउने (यस्तो छ रुट)

असोज १७, काठमाडौं । हरेक वर्ष दशैंमा राजधानी काठमाडौं सुनसान हुने गर्दछ । करिब ४० लाख जनघनत्व भएको काठमाडौंमा ५० प्रतिशत बाहिरी जिल्लाबासीको बसोबास छ । उनीहरु मध्ये ५० प्रतिशत दशैं मनाउन गाउँघर जाँदा राजधानी सुनसान त हुन्छ नै सार्वजनिक सवारीको संख्या पनि पातलिन्छ ।   

काठमाडौंमै रहेर दशैं मनाउने आफन्तजन कहाँ टिका र आर्शिवाद थाप्न जानेहरुलाई सवारीसाधन पाउन मुस्किल हुन्छ । यहि समस्यालाई दृष्टिगत गर्दै नेपाली सेनाले राजधानीका विभिन्न रुटमा निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।   

नेपाली सेनाले असोज २१ गते विजया दशमी टिकाको दिन काठमाडौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सहजता प्रदान गर्न विभिन्न ७ वटा रुटहरु र समयमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।   

सेनाले भद्रकाली, कलंकी नागढुंगा, बानेश्वर, कोटेश्वर भक्तपुर लगायत ७ वटा रुटमा निःशुल्क बस सेवा दिने छ ।   

उपत्यकाका विहान ८ बजेदेखि राति ८ बजेसम्म २१ वटा बस सञ्चालन हुनेछन् । 

कुनकुन रुटमा चल्छ सेनाको निःशुल्क बस 

१. भद्रकाली–कालीमाटी–कलंकी–नागढुङ्गा 

(सोही रुट हुँदै फिर्ता हुने) 

२. भद्रकाली–बल्खु–किर्तिपुर 

(सोही रुट हुँदै फिर्ता हुने) 

३. भद्रकाली–बानेश्वर–कोटेश्वर–गठ्ठाघर–सूर्यबिनायक 

(सोही रुट हुँदै फिर्ता हुने) 

४. भद्रकाली¬–लैनचौर–महाराजगञ्ज–बुढानिलकण्ठ 

(सोही रुट हुँदै फिर्ता हुने) 

५ भद्रकाली–चावहिल–जोरपाटी–थली–साँखु 

(सोही रुट हुँदै फिर्ता हुने) 

६ भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलंकी–सितापाईला–बालाजु–महाराजगञ्ज–चावहिल–गौशाला–एयरपोर्ट–तिनकुने –भद्रकाली –चक्रपथ 

(सोही रुट हुँदै फिर्ता हुने¬) 

७ भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चावहिल–महाराजगञ्ज–बालाजु–सितापाईला–कलंकी–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) 

(सोही रुट हुँदै फिर्ता हुने) 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *