रोजगारी लगाई दिने भन्दै युवतीलाई यौन धन्दा लगाउने पक्राउ

कार्तिक ४, काठमाडौँ । आईतबार प्रहरीले काठमाडौँमा युवतीलाई रोजगारीको प्रलोभनमा पारेर यौन धन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा सर्लाहीको भक्तिपुर गाविस–१ स्थायी घर भई हाल काठमाडौं, डल्लु बस्दै आईरहेका ३१ वर्षीय टंकबहादुर माझी रहेको प्रहरीले जानकारी दिएको छ ।   

काठमाडौँको नागपोखरीमा शंकास्पद अवस्थामा आएको ट्याक्सी रोकेर सोधपुछ गर्दा तीन युवती ठमेल क्षेत्रका होटलमा परपुरुषसँग यौनसम्पर्कपछि डेरातर्फ जाँदै गरेको तथ्य खुलेको थियो ।  प्रहरीका अनुसार  ती युवतीको साथबाट परिवार नियोजनका अस्थायी साधनसमेत फेला परेको थियो ।   

 पक्राउ परेका ती युवकले रोजगारी लगाई दिने भन्दै काठमाडौँको  ठमेल आसपासका  विभिन्न होटलमा लगेर युवतीहरुलाई स्वदेशी तथा विदेशी पुरुषसँग यौनसम्पर्क गर्न बाध्य पारेको ती युवतीहरुले बयान दिएको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका ती युवालाई दालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *