‘बि एम डब्ल्यु मोटराड जि एस सर्टिफाइड ट्रेनिङ्ग’ सम्पन्न

कार्तिक २, काठमाडौं । बि एम डब्ल्यु मोटराड नेपालका आधिकारीक बिक्रेता हिमालयन मोटराडले आयोजना गरेको ‘बि एम डब्ल्यु मोटराड जि एस सर्टिफाइड ट्रेनिङ्ग’ सम्पन्न भएको छ ।   

१८ जना जि एस राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रम कार्तिक २ मा सम्पन्न भएको हो ।   

सहभागी राइडर्स हरु BMW Motorrad सोरुम नारायण चउरमा भेला भई सिस्टमेटिक गु्रप राइड गरि सोरुम बाट हात्तिसार, कृष्ण पाउरोटि, घण्टाघर, भद्रकाली, शहिद गेट, त्रिपुरेश्र, थापाथली, कुपोन्डोल, पुलचोक, मंगलबजार, ग्वार्को, इमाडोल, सिद्विपुर, लुभु डाँडा हुँदै ट्रेनिङ्ग कार्यक्रम स्थानमा पुगेका थिए । 

null

कार्यक्रममा ट्राफिक नियम, सिस्टमेटिक ग्रुप राइड, अफरोड एडभेण्चर राइड, राइड पोजिसन, ह्यान्डलिङ, स्ट्यान्डिङ, राइडिङ, अपहिल राइडिङ, डाउनहिल राइडिङ, इमर्जेन्सी स्टप, इमर्जेन्सी ब्रेकिङ  तथा सेफ्टी राइडिङका बारेमा तालिम दिइएको थियो ।   

हिमालन मोटराड, बि एम डब्ल्यु नेपालका च्यरमेन सौरब जेबि राणाले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेको बि एम डब्ल्यु मोटराडका सेल्स एण्ड मार्केटिङ्ग सिनियर हेड दिपेश श्रेष्ठले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =