दशैंमा पनि नेपाल मेडिसिटीको स्वास्थ्य उपचार सुचारु रहने, आकस्मिक पर्दा ११३४ डायल गरौं

असोज १६, काठमाडौं । नेपालीहरुको महान चाड विजय दशमीको समयमा पनि नेपाल मेडिसिटी अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ । पुरै देश चाडबाडको उल्लासमा खुशी मनाईरहेको अवस्थामा कसैलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको खण्डमा नेपाल मेडिसिटी अस्पताल २४सैं घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ ।   

विशेषगरी अस्पतालको आकस्मिक सेवा, क्रिटिकल केयर, शल्यक्रिया, डाईग्नोष्टिक सेवाहरु २४सैं घण्टा खुल्ला रहने छ । यसैगरी दिउसो र ओपिडि सेवा पनि सुचारु रहने भएकोले विरामीहरुलाई विदाको समयमा पनि सहज उपचार सेवा प्राप्त हुने अस्पतालले जनाएको छ । 

विदाको समयमा विरामीहरुको स्वास्थ्य आवश्यकतालाई मनन गर्दै आकस्मिक उपचार सेवामा पर्याप्त चिकित्सकहरुको ब्यवस्था गरिएको इमरर्जेन्सी विभागका प्रमुख डा. संजय कार्कीले बताए ।  चाडबाडको बेलामा प्रि हस्पिटल केयर अन्तगर्त एम्बुलेन्स र देशका कुनै पनि स्थानहरुबाट हेली एम्बुलेन्स सेवाको आवश्यकता परेमा पनि आफूहरु तयारी अवस्थामा रहेको उनले जानकारी गराए । 

Image result for nepal mediciti

नेपालको उत्कृष्ट क्रिटिकल केयर सेवा प्रदान गरिरहेको अस्पतालले विरामीहरुको रोगको सघनतालाई हृदयंगम गर्दै आईसियु, सिसियु र एनआईसियु सेवालाई पनि चुस्तदुरुस्त राखिएको क्रिटिकल केयर विभागका डा. दिप्तेश अर्यालले बताए । 

त्यसैगरी अस्पतालले चाडबाडको समयमा गर्नुपर्ने आकस्मिक शल्यक्रियाकालागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको ब्यवस्था गरेको छ । अस्पतालले कुनैपनि प्रकारको आपत् पर्दा अस्पतालको इमर्जेन्सी हटलाइन नम्बर ११३४ डायल गरी सम्पर्क गर्न समेत जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *