आपसी सहमतीमा टुंगियो चलचित्र ‘बादशाह जुट’ को विवाद

असोज २८, काठमाडौँ । नायक सुशिल श्रेष्ठद्वारा अभिनित चलचित्र ‘बादशाह जुट’को नेपाल मुस्लिम संघ संगको विवाद टुङ्गिएको छ । चलचित्र  निर्माण पक्षले नेपाल मुस्लिम संघसँग माफी मागेपछि विवाद टुङ्गिएको हो । 

केही समय अघी ‘बादशाह जुट’ को सार्वजनिक गरिएको ट्रेलरमा मुस्लिम समुदायलाई आँच पुर्याउने दृष्यहरु समावेश गरिएको विषयमा  आपत्ति जनाउँदै  नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले एक विज्ञप्ती जारी गरेको थियो ।   

उक्त ट्रेलरमा भएको जातिय विभेद, सामाजिक विभेद तथा जातिय हिंसा हुने जस्ता कुरा हटाउन नेपाल मुस्लिम संघले  माग गरेको थियो ।   

Image result for ‘बादशाह जुट’

संघले विज्ञप्ती जारी गरेपछी चलचित्र निर्माण कम्पनी ‘एच एण्ड वि फिल्मस्’ले पनि विज्ञप्तीद्वारा माफी मागेर ट्रेलरमा उक्त दृश्यहरु सच्याउने सहमति भएपछी यी दुई बिचको विवाद टुंगिएको हो । 

यस चलचित्रका निर्माण पक्षले जारी गरिएको  विज्ञप्तिमा लेखिएको छ–‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ.एस.एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माणपक्ष क्षमाप्रार्थी छौं । यो चलचित्रको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न खोजेको छैन ।’ 

निर्देशक जोनी सिंह राणा र भोजराज श्रेष्ठ निर्माता रहेको यस चलचित्र कत्तिक १५  गते देखी देशभरको हलमा प्रदर्शनमा आउने भएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *