दशैँ र तिहारमा चितवनबाट मात्रै ८६ जना जुवाडे पक्राउ, करिब १२ लाख बरामद

कार्तिक १४, चितवन । दशैँ र तिहारको अवधिमा चितवन जिल्लामा ८६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीको चाडपर्व लक्षित योजना अन्र्तगत करिव एक महिनाको अवधिमा उनीहरु पक्राउ परेका हुन् ।   

पक्राउ पर्ने अधिकांश भरतपुर महानगरका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्लाको मातहतका इलाका प्रहरी कार्यालयहरुले विभिन्न समयमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए । 

८६ जनामा ५४ जना भरतपुर महानगरपालिकाबाट पक्राउ परेका हुन् । खैरहनी नगरपालिकाबाट २० जना, कालिका नगरपालिकाबाट १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुबाट ११ लाख ९९ हजार, १६५ रुपैयाँ वरामद भएको उनले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *