सुँगुरको पित्त र कलेजो पकाएर खाँदा पाँचथरमा तीन कैदीको मृत्यु

असोज २७, पाँचथर । सुँगुरको पित्त र कलेजो खाएर ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । जिल्ला कारागारमा रहेका कैदी सुन्दर राईको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३ पुगेको हो ।
फालेलुङ गाउँपालिका–७ सिदिन राईको बिएण्डसी हस्पिटल झापामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि सुँगुरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको असोज २० गते नै मृत्यु भइसकेको छ । फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङ र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षीय जयप्रकाश जवेगुको उपचारका क्रममा मृत्यु भएको हो ।
![]()
जिल्लाको कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको भने अहिले उपचार भइरहेको जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुंगानाले जानकारी दिए ।
उनका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटिएको थियो। त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका थिए ।
मासुमात्र खाने कोही पनि बिरामी नपरेको ढुंगानाले जानकारी दिए ।








