नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभाको मिति तय

असोज २७, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कार्तिक २४ मा साधारण सभाको मिति घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको ४ सय १८ औं बैंठकले उक्त निर्णय गरेको हो । 

साधारण सभामा चुक्ता पूँजीको २।५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । यस्तै साधारण सभाले शेयर संरचना पनि परिवर्तन गर्ने भएको छ । 

कम्पनीको शेयर पूँजीमा सर्वसाधारण शेयर धनीको हाल ३५ र संस्थापक शेयरधनीको ६५ प्रतिशत शेयर हिस्सा छ । अब सर्वसाधारण शेयर धनीको ४९ र संस्थापक शेयरधनीको ५१ प्रतिशत हुनेगरि शेयर संरचना परिवर्तन गरिने भएको हो । 

कम्पनीले कार्तिक १० देखि २४ सम्मको लागि शेयर करोबार बन्द गरेको छ । त्यसैले कार्तिक ७ गतेसम्म शेयर सदस्य हुनेले साधारण सभामा भाग लिन पाइने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *